रुपन्देही
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा लुम्बिनी इञ्चार्ज शंकर पोखरेलले पार्टी विभाजन गरी केही नेता जादैमा कार्यकर्ता नजाने दाबी गर्नुभएको छ ।
नेकपा एमाले बुटवल उपमहानगर कमिटिले आज बुटवलमा आयोजना गरेको विधान संशोधन मस्यौदामाथिको छलफल कार्यक्रममा बोल्दै उहाँले एमाले आस्था र विश्वासले बनेको पार्टी भएकाले कसैले टुक्राउन चाहेर नटुक्रिने बताउनुभयो ।
“एमाले कम्युनिष्ट आन्दोलनको मूलधार हो, केही नेताहरु बहकावमा परेर बाहिरीए पनि उहाँहरुलाई ठिक गर्ने काम कार्यकर्ताको हो”, पोखरेलले भन्नुभयो, “नेता जान्छन तर जनता जादैनन ।”
नेता पोखरेलले जीवनका कठिन १५ वर्ष जेल जीवन बिताएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक जीवन समाप्त पार्ने खेल भएको जनाउँदै औलीको पार्टी र देशप्रतिको निष्ठामाथी प्रश्न गर्नु भनेको कु को प्रयास हो, भन्नुभयो । “केपी ओली संसदीय दलको नेता नभएको भए संबिधान सभाले संबिधान बनाउन सक्ने थिएन, जसले संबिधान निर्माण निर्णयक भूमिका खेल्यो उसैलाई राजनीतिबाट हटाउन खोज्ने कम्युनिष्ट आन्दोलनका गद्धार हुन् ।”
नेता पोखरेलले नेकपा भित्र उत्पन्न संकटको कारक पुष्पकमल दाहाल रहेको बताउँदै उहाँले दाहालको अस्थिर चरित्रले गर्दा नै पार्टीमा यो अवस्था आएको उल्लेख गर्नुभयो ।
विभाजित कम्युनिष्टलाई एक बनाउन, मुलुकमा ठूला विकास निर्माणका काम अघि बढाउन तथा राष्ट्रिय स्वाभिमानको सवालमा ओली नेतृत्वको सरकारले नयाँ उचाइ हासिल गरेको उहाँको भनाइ छ । “ओलीको नेतृत्वले सामाजिक अराजकतालाइ समेत नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्यो । उहाँको भूमिकाबारे भ्रम छरेर नेपाल पक्षले आफ्नो स्तर घटाएको छ ।”
भूमिगत कालमा संगठन बनाउन भूमिका खेलेपनि एउटा बलियो पार्टीलाई तेस्रो दल बनाएका कारण माधव नेपाल नेतृत्वका हिसाबले असफल नेताका रुपमा परिचित भएको बताउनुभयो ।
कार्यक्रममा पाटीएका केन्द्रिय इञ्चार्ज दधिराम न्यौपानेले अहिले बाटो बिराएका नेतालाई समयले पाठ सिकाउने बताउनुभयो ।
कार्यक्रममा एमालेका नेताहरु एकराज विश्वकर्मा, नेत्र पन्थी, शिवराज सुवेदी, सावित्रा अर्याल, तेजेन्द्र केसी, किसन ज्ञवाली लगायतले बोल्दै पार्टीलाई बलियो बनाउन प्यानल निषेध गर्ने, सदस्यता नविकरण सहज बनाउने लगायतका विषयमा विधान संसोधन हुनुपर्ने बताउनुभयो ।
बटवल उपमहानगरकमिटिले सबै वडाबाट विधान संशोधन मस्यौदामाथि सुझाव लिने कमिटिका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिनुभयो । एमाले आगामी भदौमा विधान अधिबेशनको तयारी गरेको जनाएको छ
प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्