काठमाडौँ – नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको छ । क्रियाशील सदस्यताको बाँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिले विवाद टुंगिएको जनाएको हो ।
कांग्रेस केन्द्रीय समिति बैठकले विवादित क्रियाशील सदस्यता सम्बन्धी काम सहमतिमै टुंग्याउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी दिएको थियो । ‘हामीले सदस्यतासम्बन्धी विवादलाई टुंगो लगाएका छौं,’ लेखकले भने, ‘प्रतिवेदन आजै बुझाउँदैछौँ, अब कुनै खाले विवाद देखिँदैन ।’
कांग्रेसले मंसिरमा १४ औं महाधिवेशन गर्ने तयारी गरेको छ। क्रियाशील सदस्यताका विवाद टुंगिएपछि सभापति देउवाले अध्ययन गर्ने र केन्द्रीय निर्वाचन समितिलाई अन्तिम नामावली बुझाएपछि निर्वाचनको प्रक्रिया सुरू हुनेछ ।
प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्