लुम्बिनी प्रदेश सभामा एमालेको नारा- ‘सर्वसत्तावाद अन्त्य गर’

लुम्बिनी प्रदेश सभामा एमालेको नारा- ‘सर्वसत्तावाद अन्त्य गर’

काठमाडौं – नेकपा (एमाले) लुम्बिनी प्रदेशले प्रदेश सभा बैठक स्थगित अबरुद्ध गरेको छ । बैठक शुरु हुनुलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरुले ‘सर्वसत्तावादको अन्त्य गर’, ‘हाम्रो माग पूरा गर’, लोकतान्त्रिक मूल्यमान्यताको सम्मान गर’,लगायतका नारा लागाउँदै बैठक अबरुद्ध गरको हो ।

यसपछि बैठक आधा घन्टाका लागि स्थगित भएको छ । एमालेको नाराबाजीपछि सभामुख पूर्णबहादुर घर्तीमगरले बैठक आधा घन्टाका लागि स्थगित गरेका हुन् ।

आफ्नो दलले कारबाहीका लागि सिफारिस गरेका सांसदद्वय अजय शाही र विमलाकुमारी वलीलाई कारबाही नगरिएको भन्दै एमालेले प्रदेश सभा बैठक स्थगित गरेको हो ।

यसअघि सभामुख घर्तीमगरले शाही र वलीलाई कारबाही गर्नुपर्ने कुनै कारण नभेटिएकाले कारबाही नगर्ने भन्दै एमाले लुम्बिनीलाई पत्र पठाएका थिए । त्यसपछि आइतबार (हिजो) पत्रकार सम्मेलन गर्दै एमाले सभामुखको निर्णयलाई सदनबाटै ठिक लगाउने बताएको थियो ।

प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij