बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएपनि आज मार्सल लगाएर भएपनि विश्वासको मत लिने तयारी भएको बताईएको छ ।
प्रदेशका ग्रामिण तथा शहरी विकासमन्त्री डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेको जानकारी दिए।
माओवादी केन्द्रका संसदीय दलका नेता केसी साउन २८ गते प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका थिए। नयाँ सरकार बनेपछि आह्वान भएको प्रदेश सभाको नवौं अधिवेशन अन्तर्गतको बैठक एमालेले लगातार अवरुद्ध गर्दै आएको छ। एमालेको अवरोधका बीच केसीले विश्वासको मत लिन लागेका हुन्।
प्रदेश सभाको सोमबारको पहिलो बैठक विपक्षी दलहरुले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो। आजको अर्को बैठकमा विपक्षीले अवरोध गरे मार्शल लगाएर भए पनि विश्वासको मत लिने तयारी केसीको छ।
प्रदेश सभामा अहिले ८० जना सांसद छन्। विश्वासको मत पाउन ४१ मत ल्याउनुपर्ने हुन्छ। विपक्षी एमालेसँग ३८ जना रहेका छन्। सत्तापक्षसँग ४२ सांसद रहेका छन्।
प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्