बुटवल -लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज विश्वासको मत लिएका छन । प्रतिपक्ष दलको उपस्थिती बिनै केसीले सदनबाट विश्वासको मत लिएका हुन । आजको संसद बैठकमा मुख्य मन्त्री केसीलाइ प्रदेशसभाका ४२ सदस्यले विश्वासको मत दिए । केसीको पक्षमा ४२ र विपक्षमा सुन्य मत पर्यो । उपसभामुख कृष्णी थारु तटस्थ बसीन ।
हाल प्रदेशसभा ८० सदस्यीय छ । काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३,राष्ट्रिय जनमोर्चाको १ र सुर्य चिन्हबाट स्वतन्त्र निर्वाचित सांसद अजय शाही सहित ४२ जनाले केसीलाइ विश्वासको मत दिएका हुन । एमालेका ३७ सांसद हुन । आजको पहिलो बैठकमा झण्डै आधा घण्टा नाराबाजी गर्दै रोष्टम घेरेको प्रतिपक्ष एमाले त्यसपछिको बैठकमा उपस्थित भएन ।
विस्वासको मत लिएपछि मुख्यमन्त्री केसीले प्रदेशका जनताको समृद्धि र विकास सगै कोभिड १९ नियन्त्रण,रोकथाम,संक्रमितको उपचार र खोप व्यवस्थापनलाइ सरकारले पहिलो प्राथमिकता दिएको बताए । संविधानको पूर्ण पालाना गर्दै विपक्षी दलसंग पनि संवाद,सहमती र सहकार्य गरेर सरकार अघि बढ्ने बताए ।
माओवादी केन्द्र संसदिय दलका नेता केसी प्रदेशसभाका चार दल र एक जना स्वतन्त्र गरी ४२ सांसदको समर्थनमा साउन २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन । उनी मुख्यमन्त्री नियूक्त भएसंगै एमालेले नेकपाबाट उपनिर्वाचन जितेर माओवादी केन्द्र रोजेकी दाङकी सांसद बिमला खत्री र सुर्य चिन्हबाट निर्वाचित नवलपरासीका स्वतन्त्र सांसद अजय शाहीलाइ पद मुक्त गर्न माग गर्दै निरन्तर सदन बरुद्ध गर्दै आएको थियो ।
एमालेले सांसदद्धय खत्री र शाहीलाइ आफनो दलको दावी गर्दै पदमुक्त गर्नु पर्ने माग गरेको थियो । तर प्रदेश सभा सचिवालयले भने उनीहरुलाइ पदमुक्त गर्ने कानुनी आधार नभएको भन्दै कारबाही गर्न नमिल्ने जानकारी आइतबारै एमाले संसदिय दललाइ गराएको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्