काठमाडौँ – नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी पार्टी बनाउने पक्षमा एमालेका २९ सांसद र ५५ केन्द्रीय सदस्यको सनाखत भएको छ ।
बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद र ५५ केन्द्रीय सदस्यले हस्ताक्षर गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पक्षका नेताहरूलाई सनाखत गर्न बोलाएको थियो ।
नेपालसहितका नेताहरू गत सोमबारदेखि चन्द्रागिरि हिल्स रिसोर्टमा बसेका थिए । आज उनीहरू चन्द्रागिरिबाट सोझै निर्वाचन आयोग गएका हुन् ।



प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्