प्रतिगमनविरुद्ध आफ्नो सम्पूर्ण तागत लगाएँ : प्रचण्ड

प्रतिगमनविरुद्ध आफ्नो सम्पूर्ण तागत लगाएँ : प्रचण्ड

चितवन : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई गम्भीर दुर्घटना हुनबाट जोगाउन सत्तासाझेदारी गठबन्धन गरेको बताए। वर्षौंदेखि संघर्षबाट आएको लोकतान्त्रिक संविधानको विरुद्ध षड्यन्त्र भएको भन्दै त्यसलाई जोगाउन आफूले सम्पूर्ण तागत लगाएको बताए।

 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अँध्यारो सुरुङमा हाल्न खोजेको आरोप लगाउँदै त्यसका विरुद्ध आफूले सम्पूर्ण तागत लगाएको उनको भनाइ थियो। एकपटक संसद विघटन गरेर षड्यन्त्र भएको बताउँदै गठबन्धन गरेर दुर्घटना हुनबाट जोगाएको उनले बताए।

भरतपुर महानगरपालिले निजी क्षेत्रको सहकार्यमा निमार्ण गर्न लागेको भरतपुर मेट्रो प्लाजाको शिलन्यास गर्दै अध्यक्ष दाहालले जनताको साथले प्रतिगमन परास्त गरेको बताए। ‘कहिले शान्तिपूर्ण कहिले शसस्त्र संघर्ष गरेर हजारौंको बलिदानपछि पाएको संविधान, संघीय लोतान्त्रिक गणतन्त्र, समावेशिता, समानुपातिकता उल्टाउने देशलाई दुर्घटनामा लैजाने षड्यन्त्र भयो ’, उनले भने,  ‘नेपाली जनतालाई भूमरीमा पार्ने षड्यन्त्र हो भनेर आफू भित्रको सम्पूर्ण तागत लगाएर देशव्यापी अभियानमा लागेको थिएँ। ’

पार्टी एक हुँदा आफैँले प्रधानमन्त्री केपी ओली आफूप्रति धेरै नकारात्मक भएको बताए। उनले चालेको प्रतिगमनको बाटोलाई अदालतले पहिलोपटक संसद पूर्नस्थापना गरेर गलत भनेपछि पनि फेरि विघटन गरेर षड्यन्त्र गरेको बताए। ‘फेरि के हुने हो भनेजस्तो भयो। हामीले फेरि नयाँ गठबन्धन बनाउन पर्‍यो’, उनले भने, ‘प्रतिकूल परिस्थिति हुँदाहुँदै जनताको साथ रह्यो, अब विकासलाई गति दिएर नयाँ परिस्थिति बनाउने कोसिस हाम्रो हुने छ।’

प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij