बिहीबारदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना

बिहीबारदेखि ३ दिनसम्म भारी वर्षाको सम्भावना

काठमाडौं ।
बिहीबारदेखि तीन दिनसम्म नेपालमा ठूलो पानी पर्ने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको बताएको छ । हाल मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले अबको ३ दिन भारी वर्षा हुने विभागको भनाइ छ ।

विभागले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थान, सुदूरपश्चिम तथा कर्णालीका एक दुई स्थानमा मेघ गर्जन, चट्याङसहित भारी वर्षा हुने बताएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij