रुपन्देही उद्योग संघद्वारा सैनामैना नगरपालिकाको ध्यानाकर्षण

रुपन्देही उद्योग संघद्वारा सैनामैना नगरपालिकाको ध्यानाकर्षण

बुटवल

रुपन्देही उद्योग संघले औद्योगिक विकासमा सन्दर्भमा सैनामैना नगरपालिकाको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वमा सैनामैना नगरपालिका पुगेको टोलीले सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर के.सी., उपप्रमुख बिना राना तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीसँग भेट गरी संस्थागत अवधारणा सहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

भेटका क्रममा संघका अध्यक्ष बाबुराम बोहोराले रुपन्देही उद्योग संघको स्थापना र संस्थागत गतिविधि एवं रुपन्देही औद्योगिक विकासको संक्षिप्त इतिहास समेत जानकारी गराउनु भएको थियो । वहाँले औद्योगिक विकासका लागि स्थानीय स्तरबाटै समन्वय गरी अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । वहाँले रुपन्देही जिल्ला देशकै औद्योगिक विकासमा अग्र स्थानमा रहेको बताउँदै जिल्लाको हरेक स्थानीय तहका श्रोत र साधनको समुचित परिचालन गर्नुपर्नेमा विशेष ध्यानाकर्षण गराउनु भएको थियो । संस्थाले उद्योग स्थापना र संरक्षण, उद्यमशिलता, विकास, रोजगारी श्रृजना, शिपशुक्त जनशक्ति उत्पादन, औद्योगिक ग्राम निर्माण, कृषिको व्यवसायिकरण, पर्यटन र प्रवद्र्धन, रोजगार, सूचना केन्द्र स्थापना लगायतका विषयहरु समेटेर ज्ञापन पत्र बुझाएको हो । संघले लामो समयको कोरोना र लकडाउनले प्रभावित उद्योगहरु संकट ग्रस्त बन्दै गएको बताउँदै सैनामैना नगरपालिकामा संचालनमा रहेका उद्योगहरुलाई विशेष राहत र सहुलियत प्रदान गर्नुपर्ने समेत नगरप्रमुख प्रमुखलाई ध्यानाकर्षण गराएको छ । अध्यक्ष बोहोराले औद्योगिक विकाससँग सम्बन्धित गतिविधिहरु संचालनमा रुपन्देही उद्योग संघसँग समन्वय गर्न समेत आग्रह गर्नु भएको थियो ।

भेटघाटका क्रममा भएको छलफलमा बोल्नुहुँदै नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले औद्योगिक विकास नै आर्थिक मजबुदीको आधार भएको कारण सैनामैनाले औद्योगिक विकास, कृषिको व्यवासायीकरण र पर्यटन, प्रवद्र्धनलाई प्रमुख नारा सहित अघि बढाएको बताउनु हुँदै निजी स्तरको भूमिका समेत प्रसंशनीय रहेको बताउनु भएको थियो । वहाँले सैनामैना ७ मा निर्माण भइरहेको औद्योगिक ग्राम शिघ्र संचालनमा आउने आश्वासन समेत दिनु भएको थियो । वहाँले सैनामैनामा कृषि, वनपैदावारमा आधारित उद्योगीहरु र पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको बताउनुहुँदै सैनामैनामा लगानी गर्न समेत उद्योगीहरुसँग आग्रह गर्नु भएको थियो । वहाँले रोजगारी, अभिबृद्धिका लागि सिपयुक्त जनशक्ति तयार गर्न समेत सैनामैना नगरपालिकाले लगानी गरिरहेको बताउनु भएको थियो । वहाँले विदेशी वस्तु प्रयोगलाई न्यूनीकरण गरी स्वदेशी वस्तु उत्पादन र प्रयोगलाई बढावा दिने राष्ट्र व्यापी अभियान संचालन गर्नुपर्नेमा जोड दिनु भएको थियो । छलफल क्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सैनामैना औद्योगिक विकासको यथेष्ट सम्भावना रहेको बताउनुहुँदै निजी स्तरसँग समन्वय र सहकार्य गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

छलफलमा सैनामैना नगरपालिकाका उपप्रमुख बिना राना, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, प्रथम उपाध्यक्ष दिलिप सापकोटा, सचिव हिरामणी भट्टराई, महिला सचिव माया खनाल, कार्यसमिति सदस्य यमलाल भट्टराई, खड्गबहादुर कुँवर र प्रमुख कार्यकारी अधिकृत यादवप्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

रुपन्देही उद्योग संघले जिल्लाका १६ वटै स्थानीय तहमा औद्योगिक विकासका सन्दर्भमा अन्तक्र्रियाको आयोजन ागर्ने कार्यक्रम बमोजिम सैनामैना नगरपालिकामा छलफलको आयोजना गरेको हो । कोरोनाको असरले गर्दा सिमित व्यक्तिहरुको उपस्थितिमा मात्रै कार्यक्रमको आयोजना गरिएको समेत संघले जनाएको छ ।

 

 

प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij