काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदारी दल नेकपा –माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । भेटका क्रममा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ । ‘प्रधानमन्त्री र प्रचण्डबीच भेट भएको हो,’ प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले भनिन्, ‘उहाँहरुबीचको भेटमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भयो । अब चाँडै सरकारले पूर्णता पाउँछ ।’
आफ्नो सत्तारोहणको मेरूदण्ड बनेका माधवकुमार नेपाललाई पर्खेर बसेका प्रधानमन्त्री देउवाले अब भने सरकारलाई पूर्णता दिने कामलाई तीव्रता दिएका छन् । नेपालले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरिसकेपछि अब देउवाले नेपालसहितको मन्त्रिपरिषद् विस्तार गर्नेछन् । एकीकृत समाजवादीले सरकारमा जाने निर्णयसमेत गरिसकेको छ ।
गत असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री बनेका देउवाले डेढ महिना बित्दासम्म सरकारलाई पूर्णता दिएका छैनन् । ५ दलसम्बद्ध गठबन्धनबाट बनेको सरकारको पूर्णताका लागि अब कांग्रेस–माओवादीसँगै, जसपा र एकीकृत समाजवादीबाट समान संख्यामा मन्त्री बनाइनेछ । राष्ट्रिय जनमोर्चाले भने यसअघि नै सरकारमा नजाने बताइसकेको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्