काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले थप पाँच जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरेको छ ।
समितिले कार्यसम्पन्न गरेका पाँच जिल्लाका क्रियाशील सदस्यको नामवली सार्वजनिक गरिएको समितिक संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।
योसँगै क्रियाशील सदस्यको सूची सार्वजनिक हुने जिल्लाको संख्या ५३ पुगेको छ । समितिले नुवाकोट, धादिङ, चिवतन, ललितपुर र अर्घाखाँचीका क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक गरेको जनाएको छ ।
यी जिल्लाहरूमा निर्वाचन अधिकृत पनि खटाइएको कांग्रेसले जनाएको छ । शुक्रबार राति र शनिबार बिहानदेखि प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलले पार्टीको सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा सहमति भएको थियो ।

प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्