काठमाडौं –सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । सोमबार (आज) बिहान प्रधानमन्त्री सरकरी निवास बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो ।
मन्त्रिपरिषद् विस्तारबारे अन्तिम टुङ्गो लगाउने भन्दै भेटेका नेताहरु बिनानिष्कर्ष उठेका हुन् । बैठकमा प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी थिए ।
नेताहरुले आजै साँझसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने भनेपनि त्यो सम्भव नदेखिएको एक नेताले बताए ।
प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्