काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कांग्रेस महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् । उनले आफ्नो वडामा सोमबार बिहान भएको कार्यक्रमलाई सम्बोधन गर्दै आगामी महाधिवेशनमा महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका हुन् ।
आफ्नो दावेदारीको आधार आफ्ना अग्रज नेता तथा कार्यकर्ता भएको भन्दै आफूले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेको उनले बताए । थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।
प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्