काउन बुटवल नगरले गर्यो रक्तदान

काउन बुटवल नगरले गर्यो रक्तदान

बुटवल- निर्माण क्षेत्रका मजदुरहरुको हकअधिकार स्थापित गर्ने र उनीहरुलाई आईपरेका समस्या समाधानका लागि क्रियाशिल नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ(काउन)ले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।
विगत धेरै बर्षदेखि निरन्तर रक्तदान गर्दै आईरहेको नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ बुटवल नगर समिति रुपन्देहीले १२ औं स्थापना दिवसको अवसर पारेर काउनकै कार्यालय बुटवल कालिकानगरमा रक्तदान गरेको छ ।
कोरोनाको तेस्रो लहर शुरु भएको र अस्पतालमा बिरामीहरुको चांप संगै रगतको माग समेत बढेको कुरालाई मध्येनजर गरी कोरोना त्रासका विचमा पनि काउन बुटवल नगर समितिले सुरक्षा मापदण्ड अपनायर मानविय सेवा अन्तर्गत रक्तदान कार्यक्रम गरेको नगर अध्यक्ष तिलबहादुर हिस्कीले जानकारी गराउनु भयो ।
काउनका राष्ट्रिय अध्यक्ष जेवि गुरुङले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । सो अवसरमा बोल्दै उहांले विभिन्न आविष्कारको वावजुद पनि कृत्रिम रगत बनाउन नसकिरहेको अवस्थामा स्वस्थ ब्यक्तिले दान गरेको रगत नै रगतको आवशयक पर्ने विरामीका लागि बरदान सावित हुने भएकाले काउनले रक्तदानलाई प्राथमिक्तामा राखेर निरन्तर रक्तदान गर्दै आईरहेको बताउनु भयो । रक्तदान गर्ने विभिन्न संघसंस्था मध्ये काउन बुटवल नगर समिति सबैभन्दा धेरै रक्तदान गर्ने संस्थाको रुपमा स्थापित हुन सफल भएको भन्दै उहांले संस्थालाई बधाई सहित कार्यक्रमलाई निरन्तर जारी राख्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा १०० जना मजदुर तथा मजदुर नेताहरुले रक्तदान गरेका काउनका रुपन्देही जिल्ला सचिव सन बहादुर थापाले जानकारी दिनुभयो ।
काउनका बुटवल नगर अध्यक्ष तिलबहादुर हिस्कीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा रक्तदानका लागि सबैलाई जागरुक बनाउने अभियानमा लागेका नियमित रक्तदाता समूह रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई काउन नगर समितिले सम्मान गरेको छ । चौहानलाई काउनका राष्ट्रिय उपाध्यक्ष ओम प्रकाश चौधरीले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा काउन रुपन्देहीका अध्यक्ष सूर्यदेव दास, नियमित रक्तदाता समूह रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलगायतले बोल्दै मानव जीवन बचाउनका लागि हरेक स्वस्थ ब्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्नुपर्ने बताउनु भयो । रक्तदानमा प्राविधिक सहयोग गरेको नेपाल रक्त सञ्चार केन्द्र बुटवलले गरेको थियो ।

 

प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij