कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा सदस्य र दलित संघको अध्यक्षबाट राजीनामा

काठमाडौं – कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्षबाट राजीनामा दिएका छन् ।बुधबार पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्रमा उनले निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाएका छन् ।

१३औं महाधिवेशनसम्म प्रत्येक वडाबाट न्यूनतम ५ मा १, ७ मा १ र ९ मा १ तथा प्रतिनिधिसभा क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिएको उनले बताएका छन् । तर विधानको गलत व्याख्या गरेर दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरेको उनको आरोप छ ।

यो निर्देशिका मान्य नभएको भन्दै उनले दलित संघको अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य दुवै पदबाट राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : बुधबार, भाद्र १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij