बुटवलको आम्दा अस्पताललाइ स्वाथ्य उपकरण सहयोग

बुटवलको आम्दा अस्पताललाइ स्वाथ्य उपकरण सहयोग

 

बुटवल-रुपन्देही समाजिक सञ्जाल अष्ट्रेलियाले बुटवलको आम्दा अस्पताललाइ प्यासन मोनिटर सहयोग गरेको छ । सञ्जालले सिद्धार्थ महिला तथा वाल अस्पताल आम्दालाइ ७ लाख ४६ हजार मुल्य बराबरको मोनिटर एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो ।

 

सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्र प्रसाद बस्याललाइ मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए । सञ्जालका अध्यक्ष इश्वर पोख्रेलले अस्ट्रेलियामा रहेका नेपाली बिद्यार्थी,व्यवसायी कर्मचारीहरुको सहयोगमा बिरामीको उपचारमा सहजता ल्याउन मोनिटर सहयोग गरीएको बताए । कार्यक्रम संयोजक तथा संजालका कला साहित्य,सांस्कृतिक संयोजक मुक्तिराम पोखरेलले कोभिड १९ को महामारीका बेला सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सर्बसाधारणको पहँुच बढाउन मद्यत पुरयाउने उद्येस्यले सहयोगको कार्यक्रम ल्याइएको बताए । यो मोनिटरले आइसीयु कक्षमा भर्ना भइ उपचार गराइरहेका बिरामीको उपचारमा सहजता ल्याउने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij