गठबन्धनको बैठक : के-के विषयमा भए छलफल ?

गठबन्धनको बैठक : के-के विषयमा भए छलफल ?

काठमाडौँ – प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक सकिएको छ । ५ दलसम्बद्ध गठबन्धनको आजको बैठकमा मन्त्रिपरिषद् विस्तार, एमसीसी सम्झौता, संसद् सञ्चालनलगायतका विषयमा छलफल भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् ।

पौडेलकीअनुसार हिजो एमालेले संसद् अवरुद्ध गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे समीक्षा भएको थियो । मन्त्रिपरिषद् विस्तार अब २ दिनभित्र हुने पौडेलको भनाइ छ । भनिन्— ‘मन्त्रिपरिषद् विस्तारबारे पनि छलफल भयो । १/२ दिनभित्र विस्तार हुने उहाँहरुको भनाइ थियो ।’

आजको बैठकमा गठबन्धनका नेता उपेन्द्र यादवको भने सहभागिता रहेको थिएन । उनी अर्को कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठकमा सहभागी नभएको बताइएको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij