दाङ ।
दाङको बंगलाचुली गउँपालिका वडा नम्वर ७ विर्खेमा एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । तिजको दरखाने दिन राती विर्खेमा नाच हेरेर बिहान ३–४ बजेको समयमा घर जाँदै गरेकी १८ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पीडित युवतीको जाहेरीको आधारम बंगलाचुली गाउँपालिका वडा नम्बर ७ विर्खेका तीन युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बंगलाचुली–७ विर्खेका २७ वर्षीय पवन रोका, २७ वर्षीय विनाराम मर्स्याङ्गी र २० वर्षीय याम बहादुर मास्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी मुकुन्द प्रसाद रिजाले जनकारी दिए । पक्राउ परेका युवाहरुलाई थुनामाराखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्