काठमाडौं ।
नेकपा एमालेको विधान महाधिवेशन दुई सातापछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको हो ।
विधान सम्मेलनमा प्रस्तुत गर्ने, विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनबारे छलफल गर्न भदौ ३ र ४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक बस्ने सचिव योगेश भट्टराईले जानकारी दिए ।
स्थायी कमिटीको बैठकले विधान महाधिवेशनमा कोको सहभागी हुने भन्ने पनि टुंगो लगाएको छ, जसअनुसार करिव ३ हजार सहभागी हुने एमालेले जनाएको छ ।
प्रकाशित मिति : शनिबार, भाद्र २६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्