संसद् कहिले चल्छ भनेर ओलीजीलाई सोध्नुः प्रधानमन्त्री देउवा

संसद् कहिले चल्छ भनेर ओलीजीलाई सोध्नुः प्रधानमन्त्री देउवा

काठमाण्डौ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा बैठक सुरु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भएको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउन प्रत्यक्ष संलग्न भएको भन्दै आइतवारको प्रतिनिधि सभा बैठक पनि चल्न दिएन । संसद् बैठक लगातार अवरोध भइरहेका बेला प्रधानमन्त्री देउवाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै संसद् बैठक सुरु कहिले हुन्छ भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह गर्नुभयो । सञ्चारकर्मीहरूले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद् चलाउनु हुन्छ रु’ भनी प्रश्न गरेका थिए । उहाँले त्यसको जवाफ दिँदै सङ्क्षेपमा भन्नुभयो, ‘ओलीजीलाई सोध्नु’ । एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्कासन गरेका सांसदलाई संसद् बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।
आइतवारको बैठकमा पनि अवरोध भएपछि प्रतिनिधि सभाको अर्को बैठक आउँदो भदौ २९ गते मङ्गलवार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : आइतबार, भाद्र २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij