संसद्को गतिरोध अन्त्यका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

संसद्को गतिरोध अन्त्यका लागि सभामुखले बोलाए सर्वदलीय बैठक

काठमाडौं –सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै छ । संसद्मा जारी गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् ।

“संसदको गतिरोध अन्त्यका लागि सभामुखले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ,” सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, “सोमबार दिउँसो साढे २ बजे ल्होत्से हलमा बैठक राख्नुभएको छ ।”

संसद्मा एमालेले निरन्तर अवरोध गर्दै आएको छ । उक्त अवरोध हटाउने पहलस्वरुप सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि सभामुख सापकोटाले आइतबार कानुनमन्त्री राखेर नेकपा (एमाले) का सांसदसँग पनि वार्ता गरेका थिए । सभामुखले वार्ता गरेर बैठक राखे पनि वार्तापछिको बैठक एमालेले अवरोध गरेको थियो ।

सभामुख सापकोटाले मंगलबार सम्मका लागि बैठक स्थगित गरेका छन् । एमालेले यही भदौ २३ गतेदेखि संसद् बैठक अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij