बुटवल -नेपाल घरेलु तथा सना उधोग महासघ रुपन्देहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । महासघले सोमबार मणिग्राममा आयोजना गरेको कार्यक्रममा सहभागिहरुले देश विकासका लागि उधोग क्षेत्रको विकास अनिवार्य रहेको बताए । उनिहरुले देशको सम्बृद्विका लागि सबै तहका सरकारले उधोगको विकासका लागि नीति र बजेट निर्माणमा जोड दिए ।
महासघ रुपन्देहीका अध्यक्ष धुर्व धितालको अध्यक्षतामा भएको कार्यक्रममा महासघका सल्लाहकारहरु तेज कुमार पाठक,नवराज श्रेष्ठ, वसन्त रोक्का, वोनिन पिया, शिवचन्द्र गुप्ता, जिवनारायण अधिकारी, बिक्रम खड्का लगायतले बोलेका थिए । कार्यक्रममा महासघका उपाध्यक्ष टंक अधिकारी, महिला अध्यक्ष विष्णु थापा,देवान्द पाण्डेय लगायले महासघको गतिविधिका विषयमा जानकारी राखेका थिए । कार्यक्रममा महासघका रुपन्देहीका सात पालिकाका अध्यक्षहरु, सल्लाहकार, कार्यसमितिका पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र २८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्