बुटवल
तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड शंकरनगको २५ औं बार्षिक साधारण सभा अशोज ४ गतेदेखि सुरु हुने भएको छ । सहकारीको बुधबार बसेको सल्लाहकार सहितको बृहत बैठकले ४ गतेदेखि १४ गते सम्म साधारण सभा गर्ने निर्णय गरेको हो । कोरोना महामारीको जोखीम नहटीसकेकाले सहकारीले दश दिन सम्म स्वास्थ्य मापदण्ड अपनाएर साधारण सभा गर्न लागेको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले बताउनु भयो । सो अवधीमा साधारण सदस्यहरु सहकारीको कार्यालयमा उपस्थित भइ बार्षिक कार्यप्रगति प्रतिवेदन,आर्थिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको प्रतिवेदन उपर लिखीत सुझाव दिन सक्ने व्यवस्था गरीएको छ ।
सहकारीका सल्लाहकार तथा जेष्ठ सदस्य क्याप्टेन प्रेमबहादुर भण्डारीको प्रमुख आथित्यता, अध्यक्ष देवकोटाको सभापतित्व र सचिव पार्वती थापाको संचालमा सम्पन्न बैठकले एग्रो टुरिजम कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति : शनिबार, असोज २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्