परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध परेको रिटको पेसी आज

परराष्ट्रमन्त्री खड्काको शपथविरुद्ध परेको रिटको पेसी आज

काठमाडौँ ।
परराष्ट्रमन्त्री डा नारायण खड्काको पद तथा गोपनियताको शपथ गैरकानूनी भएको भन्दै बदरको मागसहित सर्वोच्च अदालतमा दायर भएको रिटउपर आज बुधबार पेसी तोकिएको छ ।
नियुक्तीको एक सातापछि मंगलबार अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्था बिनानै खड्काको शपथ गराइएको जिकिर गर्दै सपथ बदरको मागसहित रिट दायर गरेका हुन् ।

शपथ सम्बन्धी कानुन बनाएर पुनः सपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा काम नगर्न(नगराउन मागसहित अन्तरिम आदेश जारी गर्न माग गरिएको छ।

असोज ६ गते प्रधानन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी थिइन् ।राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जानुपर्ने भएकाले सोही दिन शपथ ग्रहण गरी पदभार ग्रहण गरेर मन्त्री खड्का अमेरिका भएका थिए ।

यसअघि पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गराएको शपथ ग्रहणमा प्रश्न उठेपछि अध्यादेशमार्फत शपथ ग्रहणको ढाँचा ल्याइएको थियो । तर, सो अध्यादेश अहिले निष्क्रिय भइसकेको छ ।यता सरकारले शपथ ग्रहणसम्बन्धी कानून बनाउने तयारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शपथ ग्रहणसम्बन्धी विधेयक स्वीकृत गरेको थियो ।

प्रकाशित मिति : बुधबार, असोज १३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij