काठमाडौं
नेकपा एमालेले पार्टीमा उपमहासचिव पद नै खारेज गर्ने प्रस्ताव ल्याएको छ। गोदावरीमा जारी विधान अधिवेशमा गरिएको प्रस्तावमा उपमहासचिव खारेज गर्ने र ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने नयाँ प्रस्ताव गरेको हो।
विधानमा पेश भएको संशोधन प्रस्तावमा एकजना अध्यक्ष, पाँचजना उपाध्यक्ष, एकजना महासचिव, ६ जना सचिव र सदस्य २१२ जनासहित २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्ने प्रस्ताव पेश भएको छ।
तीन दिनसम्म चल्ने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन्। बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्नेछन्।
सहभागीहरूलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। केन्द्रमा राखिएको मिडिया सेन्टरबाट लाइभ हेर्न सकिने व्यवस्था मिलाइएको छ। महाधिवेशन सफल बनाउन भन्दै एमालेले २ सयबढी स्वयंसेवक खटाएको छ।
त्यस्तैगरी, कोरोना संक्रमणको जोखिम कायमै रहेकाले मास्क, सेनिटाइजर लगायतको व्यवस्था गरी स्वास्थ्य मापदण्डसमेत अपनाइएको एमालेले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, असोज १५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्