काठमाण्डाै – त्रिभुवन विमानस्थलको पार्किङ क्षेत्र नजिकै चिप्लिएर घाँसे मैदानमा पुगेको श्री एअरलाइन्सको जहाजलाई पार्किङ क्षेत्रमा ल्याइएको छ ।
आज मङ्गलवार बिहान पार्किङ क्षेत्रबाट रनवेमा जाने क्रममा चिप्लिएर एउटा पाङ्ग्रा घाँसे मैदानमा पुगेको जहाजलाई निकालेर पार्किङ क्षेत्रमा ल्याइएको श्री एअरलाइन्सका प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।
जहाज पार्किङ क्षेत्र नजिकै चिप्लिएकाले अन्य उडान भने प्रभावित भएका थिएनन् । ८० जना यात्रुलाई अर्को जहाजबाट नेपालगञ्ज पठाइएको छ ।
चिप्लिएको जहाज ठिकठाक रहेको र नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि उडान सुरु गर्ने मानन्धरले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, असोज १९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्