कृष्णनगरमा झाडापखालाका बिरामी बढ्दो, हैजा फैलिएको आशंका

कृष्णनगरमा झाडापखालाका बिरामी बढ्दो, हैजा फैलिएको आशंका

कपिलवस्तु ।

सोमबार रातिदेखि कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखालाका कारण अस्पताल आउने बिरामीको संख्या झन बढेको छ ।
स्वास्थ्य कार्यालय कपिलवस्तुले बुधबार दिउँसोसम्म २ सय ५० जना बिरामी अस्पताल आएको जनाएको छ । हेल्थ असिष्टेन्ट उमेश घिमिरेले हिजो दिउँसोसम्म अस्पताल र स्थानीय क्लिनिकमा करिब २ सय बिरामी उपचारका लागि आएकोमा रातिदेखि आज बिहानसम्म ५० जना बिरामी थपिएको बताए ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन जानकारी दिए । बिरामी सबैलाई शिवराज अस्पताल बहादुरगञ्जमा भर्ना गर्न नसकिएपछि बुटवल र तौलिहवा रेफर गरिएको छ । अस्पतालमा बिरामीहरूको चाप थेग्न नसकेपछि गाउँका निजी क्लिनिक, अस्पतालका गल्ली र बरण्डा र विद्यालयका चौरमा राखेर समेत उपचार गरिएको पाण्डेले बताए ।
शुरूमा कृष्णनगरको वडा नम्बर ७, ८ र ९ मा झाडापखालाका बिरामी भेटिएको भए पनि गएरातिदेखि महाराजगंजका केही वडाबाट पनि बिरामी आएको शिवराज अस्पतालले जनाएको छ ।

वडा नम्बर ९ का अध्यक्ष राममिलन कुर्मीका अनुसार झाडापखालबाट हालसम्म ५ वर्षका राज कश्यप, ४० वर्षका रामप्रसाद केवटको मृत्यु भएको छ ।
कृष्णनगरको सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरा दयानगर, विजयनगर, जुमिला लगायतका गाउंमा सोमबारदेखि झाडापखाला र बान्ताका बिरामी देखिएका थिए ।
गाउँभर झाडापखाला फैलिएपछि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको टोली स्थलगत अध्ययनमा पठाइएको छ । बिरामीको दिसाको नमूना संकलन गरेपनि रिपोर्ट नआइपुगेको स्वास्थ्यकर्मीले बताएका छन् । यद्यपी दूषित पानी र सरसफाइको अभावका कारण हैजा फैलिएको हुनसक्ने उनीहरूको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : बुधबार, असोज २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij