कृष्णनगर झाडाबान्ता अपडेटः १० जना जटिल, ३२ रिफर

कृष्णनगर झाडाबान्ता अपडेटः १० जना जटिल, ३२ रिफर

कपिलवस्तु

कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको रोग झाडाबान्ताका कारण चौतर्फी त्रास सिर्जना भएको छ । सोमबारदेखि फैलिएको यस रोगबाट अहिलेसम्म त्यहाँ करिब ४०० जना विरामी परेका छन् । लुम्बिनी प्रदेश सरकार र जिल्ला स्वास्थ्य कार्यालयको विशेषज्ञसहितको टोलीले अहिले महामारीको स्थलगत अध्ययन गरेर स्याम्पलहरु टेस्टको लागि प्रयोगशालामा पठाएको छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले विहिबार (आज) विहान ८ बजेसम्म गराएको अपडेट अनुसार हाल शिवराज अस्पतालमा मात्र हाल ११० जना उपचाररत छन् । जसमध्ये २० जना समान्य, ८० मध्यम र १० जना जटिल प्रकृतिका विरामी रहेका छन् ।

स्वास्थ्य कार्यालय प्रमुख हेमराज पाण्डेका अनुसार २२८ जना डिस्चार्ज हुँदा जटिल ३२ विरामीलाई अन्त रिफर गरिएको छ । हाल सम्म २ जनाको मृत्यु भएको छ । अझै बिभिन्न वडामा फैलन क्रम रहेकोले सचेतता अपनाउन उहाँको आग्रह छ ।

२१ औँ शताब्दीमा कपिलवस्तु कुन स्थितिमा छ भन्ने कुरा झाडापखालाबाट प्रष्टिएको भन्दै निर्वाचित जनप्रतिनिधिलाई उहाँले ध्यानाकर्षण गराउनु भयो । नगर प्रमुख रजत प्रताप शाहले महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट प्रयास गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति : बिहिबार, असोज २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij