घान्द्रुक घुम्न गएका पर्यटक चढेको जिप दुर्घटना, ८ गम्भीर घाइते

घान्द्रुक घुम्न गएका पर्यटक चढेको जिप दुर्घटना, ८ गम्भीर घाइते

file photo

काठमाडौं : कास्कीको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक नजिकै ग १ ज ६९०० नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको बोलेरो जिप सवा दुई बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। स्थानीयले आठ जनाको घट्नास्थलमै मृत्यु भएको जनाएका छन्।

प्रहरीले भने गम्भीर घाइते आठ जनालाई उपचारका लागि पोखर पठाइएको जनाएको छ। घाइतेको प्रहरी र स्थानीयबासीले उद्धार गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी सुवास हमालले बताए।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए। उकालो कच्चि सडकमा ब्रेक नलागेर जिप पछाडी भीरमा खसेको हमालले बताए।

प्रकाशित मिति : सोमबार, असोज २५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij