मुगु बस दुर्घटनाकाे छानबिन गर्न समिति बन्याे

मुगु बस दुर्घटनाकाे छानबिन गर्न समिति बन्याे

file photo

कर्णाली । मुगु बस दुर्घटनाकाे छानबिन गर्न समिति गठन भएकाे छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मंगलवार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको हाे ।

दुर्घटनाबारे छानबिन गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई दुर्घटनाको तथ्य पत्ता लगाइ १० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।

नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे १ ख ३१६७ नम्बरको बस गएको मंगलवार जुम्ला–मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा ३२ जनाको मृत्यु भएको थियो भने अन्य १३ जना घाइते भएका थिए । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : बिहिबार, असोज २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij