बुटवलमा नेकपा एमालेको प्रथम अधिवेशन शनिवार एकसाथ सम्पन्न

बुटवलमा नेकपा एमालेको प्रथम अधिवेशन शनिवार एकसाथ सम्पन्न

नेकपा एमाले बुटवल उपमहानगरपालिका वडा कमिटीहरूको प्रथम अधिवेशन शनिवार एकसाथ सम्पन्न भएका छन् ।एमालेको देशव्यापी वडा अधिवेशनअन्तर्गत बुटवलका १९ वटै वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरी अधिवेशन सम्पन्न भएको हो ।

 

अधिवेशनले वडा नम्बर १ को अध्यक्षमा रन्जु भट्टराई, २ मा सारथी अर्याल, ३ मा पदम रिजाल, ४ मा निधिराम ज्ञवाली ‘विष्णु’, ५ मा कौशलराज पोखरेल, ६ मा राजकुमार भट्टराई, ७ मा बसुन्धरा भुसाल, ८ मा नारायण खनाल ‘लेकाली’, ९ मा भोजबहादुर बुढाथोकी, १० मा कला केसी अध्यक्ष भएका छन् । त्यसै गरी वडा नम्बर ११ को अध्यक्षमा दिननाथ भट्टराई, १२ मा होमबहादुर क्षेत्री, १३ मा धु्रव थापा ‘झविन्द्र’, १४ मा कृष्ण भुसाल, १५ मा पूर्ण काफ्ले, १७ मा सूर्य न्यौपाने, १८ मा सागर पंगेनी र वडा नम्बर १९ को अध्यक्षमा चन्द्रसिंह थापा चयन भएको एमाले बुटवल उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीले जानकारी दिए । वडा नम्बर १६ को सर्वसम्मत बनाउने तयारी भइरहेको पन्थीले जानकारी दिए ।

त्यस्तै हाटबजार शाखामा डोलराज फुल्लेल, लुम्बिनी वाणिज्य क्याम्पस पेशागत शाखातर्फ हिरण्य पन्थी चयन भएका छन् । अधिवेशनमा बोल्दै नेपालीले एमाले विभाजनले पार्टीमा कुनै असर नपरेको भन्दै आउँदो निर्वाचन पार्टीले बहुमत ल्याउने गरी लाग्न कार्यकताहरूलाई निर्देशनात्मक आग्रह गरेका छन् ।

प्रकाशित मिति : शनिबार, कार्तिक ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij