प्रधानमन्त्रीको आश्वासन : ऋण लिएर भए पनि गाँस, बासको व्यवस्था गर्नेछौँ

प्रधानमन्त्रीको आश्वासन : ऋण लिएर भए पनि गाँस, बासको व्यवस्था गर्नेछौँ

काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताउनुभएको छ । आज आइतवार प्रदेश १ को बाढी, पहिरो ग्रस्त क्षेत्रको अवलोकनका क्रममा इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले विशेष गरी किसानहरूको बाली नष्ट भएको उल्लेख गर्दै विशेष राहत प्याकेजको घोषणा गर्ने बताउनुभएको हो । उहाँले बेमौसमी वर्षाका कारण देशभर आएको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो क्षति गरेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले खेतमा पाकेर घर भित्र्याउने बेला भएको धानबालीमा वर्षा र बाढी, पहिरोले धेरै क्षति गरेको भन्दै सबैभन्दा पहिला गाँस, बास र किसानहरूको पीडामा मल्हम लगाउने काम सरकारले गर्ने बताउनुभयो ।

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘ अहिलेको अवस्था बुझेको छु, काठमाण्डौ गएर छिट्टै राहत प्याकेज घोषणा गर्नेछौँ । साधन, स्रोत मागेरै भए पनि अहिलेको अवस्थामा पीडितहरूलाई सहयोग जुटाउँछौँ । बाढी, पहिरोले धेरै नोक्सान गरेको छ, हामी पीडितलाई ऋण लिएर भए पनि वासस्थानको र खानको लागि व्यवस्था गर्नेछौँ, सरकारको पहिलो प्राथमिकता भनेकै यही हो । अहिले धानबालीमा धेरै क्षति भएको छ, त्यो समस्यालाई समाधान गर्नका लागि पनि हामी किसानलाई ऋण उपलब्ध गराउँछौँ ।’

प्रधानमन्त्री देउवाले बाढी, पहिरो पीडितको उद्धार तथा राहत कार्यमा जुट्ने काम गरेकोमा सुरक्षाकर्मीहरूको समेत प्रशंसा गर्नुभयो । सुरक्षा प्रमुखसहित स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिँदै प्रधानमन्त्री देउवाले विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्नु र राहतका कार्यलाई प्राथमिकता दिनु प्रमुख आवश्यक भएको बताउनुभयो ।

प्रकाशित मिति : आइतबार, कार्तिक ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij