बुटवल
सामाजिक उत्तरदायीत्व अन्र्तगत बुटवलको सुख्खानगरमा संचालित कल्याणकारी बहुउद्देश्य सहकारी संस्थाले निलकण्ठ बावा धाममा संचालित धाम तथा गुरुकुल आश्रमलाई भान्सामा आवश्यक पर्ने सबै प्रकारका खाद्यान्य सामाग्री प्रदान गरेको छ ।
कोभिडको माहामारीसंगै धाममा भक्तजनहरुको आवागमन बन्द हुदां आर्थिक संकलन समेत प्रभावित भएकोले धाममा रहेका गुरुकुलहरुलाई खानाको व्यवस्थापनमा केही समस्या रहेको महशुष गरि सहकारीले भान्सामा आवश्यक पर्ने सबै प्रकारका खाद्यान्य सामाग्री प्रदान गरेको सहकारीका अध्यक्ष लक्षमण आर्चाय क्षेत्रीले बताउनु भयो ।
सहकारीका सदस्य राजु गुरुङको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले यस क्षेत्रका विभिन्न आश्रम, मठ मन्दीर, लगायतका स्थानको अवलोकन गरि सबै भन्दा बढी समस्या रहेको निलकण्ठ बावा धामलाई छनौट गरि राहात सामाग्री प्रदान गरेको अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
राहात सामाग्री ग्रहण गदै निलकण्ठ बावा धामका उपाध्यक्ष चुरामणी पौडेलले सहकारीले धामलाई उपयुक्त स्थल छानी खाद्यान्य सामाग्री उपलब्ध गराएकोमा आभार प्रकट गदै गुरुकुल आश्रममा धेरै समस्या रहेकोमा स्थानिय सरकारले ध्यान दिन जरुरी रहेकोतर्फ नागरिक समाजहरुले दवाव दिन आह्वान गर्नु भयो ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष दोल राज पाण्डे कार्यक्रम संयोजक राजु गुरुङ लगायतले धाममा आएर जन्म दिन म्यारिज एनभरसरी लगायतका अवसरहरु मनाउन र सहयोग गर्न आह्वान समेत गर्नु भयो। सहकारीले सोमवार रक्तदान गर्ने कार्यक्रम पनि आयोजना गरेको छ । कोही रक्तदान गर्न ईच्छुकहरुलाई सहकारीले विहान ८ वजे सहकारीका कार्यालय बुटवल विसक्याममा आउन आह्वान समेग गरेको छ ।
प्रकाशित मिति : आइतबार, कार्तिक ७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्