बार एसोसिएसन परिसरमै अधिवक्ताबीच कुटाकुट (भिडिओसहित)

बार एसोसिएसन परिसरमै अधिवक्ताबीच कुटाकुट (भिडिओसहित)

काठमाडौँ ।  नेपाल बार एसोसिएसनको भवन परिसरमै दुई जना कानून व्यवसायीबीच कुटाकुट भएको छ । अधिवक्ता भूमिनन्द चुँडालले सर्वोच्चका इजलास चल्नुपर्ने धारणा राख्दै गरेका बेला अर्का अधिवक्ता विराट न्यौपानेले उनीमाथि हात हालेको प्रत्यक्षदर्शीले बताएका छन् ।

केही कानून व्यवसायीले छुट्याउन खोज्दा खोज्दै न्यौपानेले घाँटीमा अठ्याउँदै ठेल्दै लगेर चुँडाललाई गालामा थप्पड हानेको भिडियोमा देखिन्छ । त्यसपछि चुँडालले पनि न्यौपानेलाई लात्ती हानेका छन् ।

न्यौपानेले पछि पनि झम्टेर फेरि हातपात गरेको भिडियोमा देखिन्छ । पछिल्लो समय प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामाका बारेमा कानून व्यवसायीहरूबीच मत विभाजन छ ।

भिडिओ

प्रकाशित मिति : शुक्रबार, कार्तिक १२ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij