प्रधानन्यायाधीशसँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा

प्रधानन्यायाधीशसँग वार्ता गर्न ३ न्यायाधीशलाई जिम्मा

काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरुले आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग वार्ता गर्न ३ न्यायाधीश तोकेका छन् ।

प्रधानन्यायाधीशको राजीनामा माग गरिरहेका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका छन् ।

उनीहरुलाई प्रधानन्यायाधीश जबराको बहिर्गमन कसरी सहज हुन्छ भन्ने विषयमा छलफल गर्ने जिम्मेवारी दिइएको एक न्यायाधीशले जानकारी दिए । आइतबार दिउँसो ३ न्यायाधीशले प्रधानन्यायाधीशसँग छलफल गरेका छन् ।

न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले न्यायालयको नेतृत्व गर्न नसकेको भन्दै राजीनामालाई मुख्य एजेण्डा बनाएका छन् । उनीहरुले झण्डै एक हप्तादेखि मुद्दाको सुनुवाइ पनि गरेका छैनन् ।

प्रकाशित मिति : आइतबार, कार्तिक १४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij