कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । शाहीले आज कर्णालीवासीको नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।

०७४ सालमा प्रदेश सभा निर्वाचनपछि मुख्यमन्त्री नियुक्त भएका शाहीले करिब साढे ३ वर्षपछि राजीनामा दिएका हुन् । अब यसपछि त्यहाँ कांग्रेसको नेतृत्वमा सरकार बन्नेछ । यसअघि तत्कालीन नेकपा विभाजित भएपछि सदनमा विश्वासको मत लिँदा मुख्यमन्त्री शाहीले कांग्रेसको सहयोग लिएका थिए । त्यसबेलाको सहमतिअनुसार उनले राजीनामा दिएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) लगायतका दलको गठबन्धनको सहमतिबमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री शाहीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा दिएको खुलाए । आफूले दलहरूबीच भएको सहमतिअनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको पनि दावी गरे ।

प्रकाशित मिति : सोमबार, कार्तिक १५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij