बुटवल
लुम्बिनी प्रदेश सभाको बैठक सुरु भएको दुई मिनेटमै स्थगित भएको छ । विपक्षी दल नेकपा एमालेका अबरोधका कारण लुम्बिनी प्रदेश सभाको बैठक आधाघण्टाका लागि स्थगित भएको हो ।
आाज बसेकाे प्रदेश सभाकाे नवाै अधिवेशनकाे ११ औ बैठक सुरु भए लगत्तै नेकपा एमालेका प्रदेश सभा सदस्यहरूले उठेर बिराेध जनाएपछि सभामुख पुर्णबहादुर घर्तीले आधाघण्टाका लागि बैठक स्थगित गरेका हुन् ।
सभामुख पुर्णबहादुर घर्तीले बैठकको कार्यबाही सुरु गरे लगत्तै एमालेका प्रदेश सभा सदस्यहरूले आ आफ्नो ठाउँबाट उठेर बिराेध जनाएका थिए ।
तत्कालीन नेकपाबाट निर्वाचित तर वैशाख १९ गते नै माओवादी केन्द्र रोजेकी दाङकी सांसद विमला खत्री र स्वतन्त्र सांसद अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै नवौं अधिवेशनका सबै बैठक अवरुद्ध गर्दै आएको छ । तर प्रदेश सभा सचिवालयले उनीहरूलाई पदमुक्त गर्न नमिल्ने बताइसकेको छ ।
प्रकाशित मिति : सोमबार, कार्तिक २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्