दीप देउसीभैलो तथा पुरस्कार वितरण

दीप देउसीभैलो तथा पुरस्कार वितरण

 

कार्तिक–२९, बुटवल ।

दीप बोर्डिङ हाई स्कूलमा हरिबोधनी एकादशीका दिन सांस्कृतिक देउसीभैलो तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

दीप सांस्कृतिक परिवारको सक्रियतामा तिहारको मौलिक संस्कृतिलाई जोगाउँदै विद्यार्थीहरूलाई तिहार र देउसीभैलोको महत्वलाई उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कुरा विद्यालयका उपप्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्रकुमार शाक्यले बताउनुभयो ।

त्यसैगरी कार्यक्रममा साउन ९ गते सम्पन्न अभिभावक कविता वाचन प्रतियोगितामा प्रथम हुने रन्जु गौतम घिमिरेलाई रु ५ हजार, द्वितीय हुने विमला अर्याललाई रु ३ हजार, तृतीय हुने सुन्दर तरामुलाई रु. २ हजारसहित प्रमाणपत्र र अन्य सबै सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर, जिल्ला, क्षेत्र र राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा अब्बल नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने नेपाल बाल सङ्गठनले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा जुनियर तर्फ प्रथम हुन सफल सम्राट श्रेष्ठ र चित्रकला प्रशिक्षक सुमित्रा रानालाई सम्मान गरिएको थियो ।

विद्यालयका उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रसाद ध्वजूको प्रमुख आतिथ्यता, उपप्राचर्य ज्ञानु थापा तथा कलाधर अर्याल, प्लस टु संयोजक वसन्त कुमार जोशी, वि.व्य.सं सदस्य विष्णुमाया श्रेष्ठ, विज्ञान सङ्कायका संयोजक कमल नेपालको आतिथ्यतामा सम्पन्न कार्यक्रमको संयोजन विजय सापकोटा, नृत्य निर्देशन किशोर थापाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पुरुषोत्तम पाण्डेयले गर्नुभएको थियो ।

कार्यक्रममा वाद्यवादन, भट्याउने काम र नृत्य प्रदर्शन दीप सांस्कृतिक परिवारका कलाकार विद्यार्थीहरूले गरेका थिए ।

 

प्रकाशित मिति : सोमबार, कार्तिक २९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij