नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं२ का विभिन्न पदमा रहेका अगुवा नेता कार्यकर्ताहरु सम्मानीत

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं२ का विभिन्न पदमा रहेका अगुवा नेता कार्यकर्ताहरु सम्मानीत

रुपन्देही

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं २ ले सो क्षेत्रमा विभिन्न पदमा रहेका अगुवा नेता कार्यकर्ताहरुलाई सम्मान गरेको छ । मंगलबार एक समारोहका बिच क्षेत्रिय सभापती हरि लम्सालले आफ्नो कार्य समितिका पदाधिकारी सदस्यहरु, सो क्षेत्रका महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, सो क्षेत्रमा पर्ने स्थानिय तहका सभापतिहरु, कार्यसमितिका सल्लाहकारहरुलाई सम्मान गरेका हुन् ।

सो अवरमा बोल्दै सभापति लम्सालले महाधिवेशनमा फरक फरक समुह भएपनि पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने दायित्व सबैको काँधमा रहेको बताए । उनले आन्तरिक प्रतिष्पर्दा भएकोले भड्किलो प्रचार तथा आरोप प्रत्यारोप नगर्न आग्रह गर्दै महाधिवेशनपछि पनि सबै मिलेरै अघि बढ्नु पर्ने बताए ।

सो अवसरमा महासमिति सदस्यहरु युवराज गिरी, रामबहादुर कार्की, वालकुमारी भण्डारी, उदयराज काफ्ले, बुटवलका सभापति खेलराज पाण्डे, राम प्रसाद अधिकारी, पर्शुराम ढकाल, परमानन्द भट्टराई लगाएतले बोलेका थिए । आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्नेहरुलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

प्रकाशित मिति : मंगलबार, कार्तिक ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij