प्रधान न्यायाधीशको पेसी तोक्ने अधिकार खोसिने, १८ न्यायाधीशले गरे एकमतमा निर्णय

प्रधान न्यायाधीशको पेसी तोक्ने अधिकार खोसिने, १८ न्यायाधीशले गरे एकमतमा निर्णय

काठमाडौँ – प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पेसी तोक्ने अधिकार खोसिएको छ । बिहीबार १८ न्यायाधीशले एकमतमा निर्णय गरी पेसी तोक्ने प्रधान न्यायाधीशको अधिकार खोसेका हुन् ।

सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित भएसँगै प्रधान न्यायाधीशको पेसी तोक्ने अधिकार कटौती भएको हो ।

प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरा बाहेकका न्यायाधीशहरूको बिहीबार बसेको बैठकले गोलाप्रथाको कार्यविधि पास गरेको हो । त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ ।

सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधान न्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइनेछ ।

प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij