बुटवल लायन्स आँखा अस्पताल २५ वर्षमा : बिशेष कार्यक्रम गरि रजत महोत्सव मनाईँदै

बुटवल लायन्स आँखा अस्पताल २५ वर्षमा : बिशेष कार्यक्रम गरि रजत महोत्सव मनाईँदै

बुटवल । बुटवल लायन्स आँखा अस्पतालले विविध कार्यक्रम गरि रजत महोत्सव २०७८ मनाउने भएको छ । रजत महोत्सवको सन्दर्भमा बिहिबार पत्रकार सम्मेलन गर्दै अस्पतालले शुक्रबार वृहत सचेतनामुलक प्रभातफेरि, शनिबार निशुल्क मोतिबिन्दुको शल्यक्रिया, आईतबार रक्तदान तथा सोमबार मुल समारोह गर्ने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठले २५ वर्षको अवधिमा अस्पतालले २ हजार ५ सय जना मोतिबिन्दुका नेत्र रोगीको एसआईसिएस तथा फेको प्रविधिबाट शल्यक्रिया गरेको जनाए । श्रेष्ठले सोही अवधिमा ९ लाख जनालाई ओपिडि सेवा तथा २४ हजार ३ सय जनालाई मोतिबिन्दुको शल्यक्रिया सेवा दिएको बताए । अस्पतालले २५ वर्षो अवधिमा करिब ३ सय ३० विद्यालयहरुका १ लाख ५१ हजार विद्यार्थीहरुको आखा जाचका साथै दृष्टिदोष भएका २ हजार ७ सय जना विद्यार्थीहरुको निशुल्क चश्मा वितरण गरिएको उनले बताए ।

यसैगरि ४ सय स्थानमा आँखा शिविर संचालन गरि ८९ हजार विरामीहरुको आँखा जाँच गरि मोतिबिन्दु देखापरेका १३ हजार ६ सय जनालाई अस्पतालबाट निशुल्क शल्यक्रिया गरिएको उनले जानकारी दिए ।

अस्पतालमा विरामीको टिकट शुल्कबाट २ जना नेत्र रोग विशेषज्ञ तथा ४२ जना कर्मचारीहरु ब्यवस्थापन गरिएको जनाउँदै उनले आर्थिक वर्ष २०७६÷०७७ मा नेपाल सरकार स्वस्थ्य निर्देशनालयबाट अस्पताल स्तरवृद्घिका लागि अनुदान स्वरुप ४० लाख रुपैया तथा अस्पतालबाट थप ९ लाख ७० हजार ८ सय ७० रुपैयाबाट अत्यावश्यक चिकित्सकिय औजारहरु खरिद गरिएको बताए । अस्पतालको दैनिक संचालनमा असहले सम्म कहीँ कतैबाट अनुदान वा सहयोग नआएको श्रेष्ठको गुनासो छ ।

उनले अस्पतालमा बिरामीको चाप बढेको हुदा थप सेवा दिन समस्या भएकाले जग्गाको खोजी गरि थप अत्याधुनिक भवन निर्माण गरि सेवा बिस्तार गर्ने योजना बनाइएको बताए ।

अस्पतालको ब्यवस्थापन समितिका सदस्य प्रकाश रायमाझीले अन्तराष्ट्रिय संघसंस्थाहरुले आँखा उपचारमा जग बसाल्ने काम भएको भन्दै सरकारबाट आवश्यक सहयोग जरुरी रहेको बताए ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारलाई अस्पतालबाट निशुल्क सेवा दिदै आएको विषय बुझाउन जरुरी रहेको बताए । पत्रकारलाई निशुल्क उपचारको घोषणा गर्न सुझाव दिदै आवश्यक सहयोग गर्ने प्रतिवद्घता जनाए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष अर्जुनमान सैजु, महेशमान सिह, कुश प्रसाद मल्ली, जिवनप्रसाद वझा, पुर्व अध्यक्ष निर्मल लाकौल, मेडिकल डाक्टर डा उपेन्द्रदेव भारी, रजत महोत्सव समितिका सचिव दिनेश प्रसाद श्रेष्ठ, चित्र कुमार कर्ण, लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश नेपाल, भगवती श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

२०४२ सालमा तत्कालिन लुम्बिनी अस्पतालमा हप्तामा एक पटक आँखा जाँच हुने गरेको आँखा उपचारलाई लायन्स क्लवको माध्यमबाट सेवा विस्तार गर्दै आँखाको छुट्टै अस्पताल बनाएर सेवा दिएको २५ वर्ष पुगेको अवसरमा रजत महोत्सव गर्न लागिएको हो ।

प्रकाशित मिति : बिहिबार, मंसिर २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij