कोभिडविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराएकामा अमेरिकालाई धन्यवाद´

कोभिडविरुद्धको लडाइँमा सहयोग उपलब्ध गराएकामा अमेरिकालाई धन्यवाद´

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाण र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बीच शुक्रबार शिष्टाचार भेटघाट भएको छ । गृहमन्त्रालयमा भएको भेटमा नेपाल र अमेरिकाको सम्बन्ध र विविध साझेदारीका विषयमा छलफल भएको छ ।

भेटमा कोभिड–१९ महामारीमा भएको सहकार्य, नेपालको विकासका प्राथमिकता, नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले पुर्‍याएको सहयोग लगायतका विषयमा छलफल भएको थियो । भेटमा सहायक विदेशमन्त्री ‘लु’ र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी सहभागी रहेका थिए ।

त्यस्तै भेटमा नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले पारेको असर र समाधानका लागि गर्नुपर्ने कामबारे पनि छलफल भएको थियो । उनी दुई दिने नेपाल भ्रमणका लागि बुधबार नेपाल आएका थिए ।

भेटमा गृहमन्त्री खाणले नेपालको कोभिडविरुद्धको लडाइमा सहयोग उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए । उनले अमेरिकी सरकारले कोभिड पश्चात अर्थतन्त्रको पुनरोत्थानमा पनि सहयोग प्राप्तहुने विश्वास व्यक्त गरे ।

नेपाल भ्रमणका लागि सहायक विदेश मन्त्री ‘लु’ लाई धन्यवाद दिँदै गृहमन्त्री खाणले यो भ्रमणले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij