बुटवल -नेपालमा पछिल्लो २४ घण्टामा २ सय ४२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शनिबार २ सय ४२ जना सङ्क्रमित थपिएका हुन् । सोही अवधिमा ४ सय ४४ सङ्क्रण मुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४५ जनाको पिसिआर परीक्षण र २ हजार ९ सय ९१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
२ सय ४२ थपिएसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ७ हजार ३ सय ३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ९५ पुगेको छ।
प्रकाशित मिति : शनिबार, मंसिर ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्