बालमैत्री नगरपालिका घोषणाका लागि तिलोत्तमा १ मा जनचेतनामूलक र्‍याली

बालमैत्री नगरपालिका घोषणाका लागि तिलोत्तमा १ मा जनचेतनामूलक र्‍याली

तिलाेत्तमा -बालमैत्री नगरपालिका घाेषणाका लागि तिलाेत्तमा नगरपालिकाकाे वाड नम्बर १ ले जनचेतनामूलक रयाली सम्पन्न गरेकाे छ । तिलाेत्तमा नगरपालिकालाई बालश्रम शाेषण , दुर्व्यवहार , छाेरा र छाेरीमा भेदभाव , बालहिंसा , बालबिवाह लगायतका बालबालिका सम्बन्धि कुसंस्कार कुरिती विरूद्घ मुक्त गराउने उदेश्यले साे अभियान गर्न लागिएकाे हाे । अभियानमा सबै एकजुट भई जुनसुकै महत्त्वपूर्ण सामाजिक कार्यमा बालबालिकालाई सकृय बनाउने उदेश्यले सबैकाे प्रतिबद्धतासहित बालमैत्री नगरपालिका घाेषणा गरिदैछ । नेपालकाे संविधान २०७२ भाग ३ माैलिक हक धारा ३९ अन्तर्गतको बालबालिकाकाे हक अधिकारलाई स्थापित गर्न र गराउनका लागि बालमैत्री नगरपालिका घाेषणा गर्न लागिएकाे वाड नम्बर १ का अध्यक्ष तथा बालमैत्री समिति तथा वडा बाल अधिकार समितिका तामनाथ पाण्डेले बताउनुभयाे । रयालीमा बालबालिकाहरू उत्साह र उमंगकासाथ सहभागी भएका थिए । साे कार्यक्रममा बालबालिकाहरूले नगर्नुहोस् बिहेका कुरा भा छैन बीस वर्ष पूरा , १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई बालश्रमकाे काममा नलगाअाैँ , घरपरिवार विद्यादीप जलाअाैँ बालबालिकालाई विद्यालय पठाअाैँ जसता प्लेकार्ड बाेकेका थिए । तिलाेत्तमा नगरपालिकाकाे वाड नम्बर १ काे वाड कार्यालयबाट सुरू भएकाे रयाली ड्राइभरटाेल चाेक हुँदै शंकरनगर दुर्गाद्त माविमा पुगेर कार्यक्रम गरी समापन भएकाे थियाे । कार्यक्रममा जनप्रतिनिधि , विभिन्न विद्यालयका विद्यार्थी , बाल क्लव , टाेल विकास संस्थाका प्रतिनिधि , शिक्षकलगायतका विशिष्ट व्यक्तिहरूकाे सहभागिता रहेको थियो । कार्यक्रममा तिलाेत्तमा नगरपालिका सामाजिक विकास अधिकृत अल्पा घिमिरे , शंकरनगर दुर्गादत्त माविका प्रधानाध्यापक चण्डी प्रसाद पाण्डे , वडा सदस्यहरू पार्वती क्षेत्रीले बाेल्नुभएकाे थियाे । नगरपालिका घाेषणा भन्दा पहिले यही मंसिर १८ गते नगरका सम्पूर्ण वाड बालमैत्री वाडकाे रूपमा घाेषित हुदैछन् । बालमैत्री नगरपालिकाकाे लागि ५१ वटा सुचक पूरा गर्नुपर्ने हुन्छ । याे अवधिसम्म ५२ सुचकमध्ये वाड नम्बर १ मा करिब २७ वटा सूचक पूरा भैसकेकाे वाडका जनप्रतिनिधि तथा सम्पर्क व्यक्ति अर्जुन थापाले जानकारी दिनुभयाे । वाड सचिव हरि प्रसाद खतिवडाकाे सञ्चालन रहेकाे कार्यक्रमकाे अध्यक्षता तामनाथ पाण्डेले गर्नुभएको थियाे । यही मंसिर २९ गते तिलाेत्तमा नगरपालिका बालमैत्री नगरपालिकाकाे रूपमा घाेषित हुँदैछ ।

प्रकाशित मिति : आइतबार, मंसिर ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij