शान्ति नमुनामा स्वागत तथा बिदाई

शान्ति नमुनामा स्वागत तथा बिदाई

तिलोत्तमा- रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा स्वागत तथा बिदाई कार्यक्रम गरिएको छ ।
कक्षा ११ मा भर्ना भएका ८ सय ३० जना विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको हो । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा भएको कार्यक्रममा कक्षा १२ को परीक्षा दिएर बसेका करीव ४ सय विद्यार्थीहरुलाई बिदाई समेत गरिएको +२ संयोजक राजेन्द्र के.सी.ले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरी स्वागत तथा बिदाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका सह–प्रधानाध्यापक किशोर कुमार खनालले विद्यार्थीहरुबीचको आत्मीयता अभिबृद्धि गर्न र विद्यार्थीहरुको प्रतिभा प्रष्फुटनका लागि यस्ता रचनात्मक कार्यक्रम फलदायी हुने बताउनुभयो ।
कक्षा १२ मा अध्ययनरत लक्ष्मी पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरु तुल्सीराम पाण्डे, दिनेश खड्का लगायतले शुभकामना दिनुभएको थियो ।
कक्षा १२ मा अध्ययनरत प्रथम पाठकको स्वागत तथा सृष्टी खरेल र सुयोग भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले विविध सांस्कृतिक तथा रचनात्मक प्रस्तुती प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : आइतबार, मंसिर ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij