कांग्रेस महाधिवेशन : रुपन्देही क्षेत्र नं. ५ काे सभापतिमा वसिउल्लाह मुसलमान निर्बिराेध

कांग्रेस महाधिवेशन : रुपन्देही क्षेत्र नं. ५ काे सभापतिमा वसिउल्लाह मुसलमान निर्बिराेध

बुटवल ।
नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीकाे क्षेत्र नं. ५ काे क्षेत्रीय अधिवेशनबाट निर्बिराेध नेतृत्व चयन भएकाे छ ।
साेमबार सम्पन्न पार्टीको अधिवेशनबाट क्षेत्र नं. ५ काे सभापतिमा वसिउल्लाह मुसलमान निर्बिराेध निर्वाचित भएका हुन् ।
क्षेत्रीय अधिवेशनबाट सचिवमा अशाेककुमार गाेश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्बिराेध निर्वाचित भएकाे प्रमुख मतदान अधिकृत नुरजंग केसीले जानकारी दिए ।
त्यस्तैगरि रुपन्देहीकाे क्षेत्र नं. ५ मा महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सदस्य समेत सर्वसम्मत रुपमा चयन भएकाे छ ।
५ निर्वाचन क्षेत्र रहेकाे रुपन्देहीका अरु ४ क्षेत्रमा भने निर्वाचन प्रक्रिया सुरु भएको छ ।

यसअघि सम्पन्न रूपन्देहीको साे निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेश सभा क्षेत्रीय अधिवेशन पनि निर्वराेध नेतृत्व चयन गरेको थियोे । साे निर्वाचन क्षेत्र कांग्रेस नेता तथा प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत कुमार शाहकाे निर्वाचन क्षेत्र हो

प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij