नेपाली काँग्रेसकाे १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीका दुईवटा क्षेत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएकाे छ । ५ वटा निर्वाचन क्षेत्र रहेकाे रुपन्देहीकाे क्षेत्र नं. ४ र ५ मा सर्वसम्मत भएकाे हाे । साेमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नं. ४ काे सभापतिमा मुकेश यादव निर्बिराेध निर्वाचित हुनु भएकाे हाे ।
क्षेत्रीय अधिवेशनबाट सचिवमा राजमन हरिजन र गणेश चाैधरी तथा सहसचिवमा राजेन्द्र यादव र गणेश गाैतम निर्वाचित हुनुभयाे ।
त्यस्तै क्षेत्र नं. ५ काे सभापतिमा वसिउल्लाह मुसलमान सर्वसम्मत हुनुभएकाे छ । दुबै क्षेत्रमा पदाधिकारी र महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएकाे जिल्ला निर्वाचन अधिकृत भेषराज घिमिरेले जानकारी गराउनु भयाे ।
क्षेत्र नं. १ र २ मा मतदान सकिएकाे छ भने ३ मा मतदान नै स्थगित भएकाे छ । दिउसाे ३ बजे मतदान सुरु भएपछि रामचन्द्र पाैडेल समुहले मतदानकाे गाेपनीयतामा प्रश्न उठाउंदै मतदान बहिस्कार गरेका कारण मतदान स्थगित भएकाे हाे ।
प्रमुख मतदान अधिकृत जीवनारायण अधिकारिले एक पक्षले मतदान बहिस्कार गरेपछि अनिश्चत समयका लागि स्थगित गरिएकाे बताउनु भयाे । उहाले पार्टीमा समझदारी बनेपछि मतदान हुने बताउनु भयाे
प्रकाशित मिति : सोमबार, मंसिर ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्