बुटवल- नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट रुपन्देही क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा हरि लम्साल विजयी भएका छन्। मंगलबारराति सम्पन्न क्षेत्रीय अधिवेशनबाट १६० मत अन्तरले पार्टीको संस्थापन इतर समूहका लम्साल विजयी भएका हुन्। लम्साल दोस्रो कार्यकाल पुनः सभापति बनेका हुन्।
सभापतिमा विजयी लम्सालले ४०२ मत प्राप्त गर्दा अर्का प्रतिस्पर्धी काजीमान श्रेष्ठले २४२ मत प्राप्त गरेको प्रमुख मतदान अधिकृत टिकाराम शर्माले जानकारी दिए। त्यस्तैगरि सचिव पदमा संस्थापन समूहका उम्मेदवार प्रजापाल गिरी र संस्थापन इतर समूहबाट विमलराज भट्टराई निर्वाचित भएका छन्। सचिवमा निर्वाचित गिरीले ४२९ मत र भट्टराईले ३६८ मत प्राप्त गरे।
सहसचिव पदमा मिलन थापा (३५१) र राजबहादुर क्षेत्री (३४०) मतसहित विजयी भएका छन्। दुवै जना संस्थापन इतरका हुन्। महाधिवेशन प्रतिनिधिमा पनि मिश्रित परिणाम आएको छ।
प्रकाशित मिति : बुधबार, मंसिर ८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्