होटल व्यवसायीको हकहितका लागि टोल टोलमा समिति गठन

होटल व्यवसायीको हकहितका लागि टोल टोलमा समिति गठन

बुटवल -होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको पूर्वी बुटवल टोल समिति गठन गरिएको छ । विहिवार एक कार्यक्रमका बिच बुटवलको गोलपार्क, अमरपथ, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर, दिपनगर क्षेत्रलाई समेटी उक्त समिति गठन गरिएको हो । भेलाले एकदेव पाण्डे(सुरज) को अध्यक्षतामा १७ सदस्य समिति निर्वाचित गरेको छ ।
सो अवसरमा अध्यक्ष रामप्रसाद गौतमले व्यवसायीको हकहितका लागि टोल टोलमा समिती चयन गरीएको बताउनु भयो ।
संघका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतमले कोरोना महामारीले थला पारेको समयमा स्थानीय तहले व्यवसायीलाई राहात प्रदान गर्नुको साटो कर बढाएर समस्या पारेको बताउनु भयो ।
भेलाले समितिको उपाध्यक्षमा द्घारीकाप्रसाद न्यौपाने, सचिवमा कृष्ण अधिकारी, सह–सचिवमा होम बहादुर के.सी., कोषाध्यक्षमा मन्जु पन्थ चयन हुनु भएको छ ।
समितिको सदस्यमा धुर्व पोख्रेल, सर्मिला अधिकारी, कृष्ण कुँवर, अनिता सेरचन, बलाराम पाण्डे, जमान सिंह गुरुङ्ग, नारायण न्यौपाने, सावित्रा भण्डारी, प्रेमलाल चालिसे, सुर्दसन खनाल, अर्जुन अधिकारी, जिवन अर्याल, कैलाश भण्डारी तथा सल्लाहकारमा पदम न्यौपाने, यमलाल मरासिनी, यज्ञमूर्ति भण्डारी चयन हुनु भएको छ ।
संघका प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्घितीय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधव कुमार खनाल, सचिव अर्जुन थापा, कोषाध्यक्ष टंक प्रसाद पराजुली(प्रकाश), सचिवालय सदस्य डिल्लीराज अर्याल, तुल्सीराम पराजुली, खुमराज ज्ञवाली, कार्यसमिति सदस्य थम्मन भण्डारी, कृष्ण प्रसाद पाण्डे, माधव ढकाल, केशवराज कंडेल, संघका पर्यटन तथा साँस्कृतिक सल्लाहकार नन्दराम भुसाल, प्रेम प्रसाद भट्टाराई लगायतका व्यवसायीहरुको उपस्थिति रहेको संघका सदस्य माधव ढकालले बताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, मंसिर ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij