भैरहवा-नेपाल कम्यिुनिष्ट पार्टी (एकीकृत समाजवादी) सिद्धार्थनगरको नगरभेला सम्पन्न भएको छ । नेकपा एमालेको गुटबन्दी र प्रतिगामीका कारण अलग भएर माधब नेपालको नेतृत्वमा छुट्टै पार्टी गठन गरेको एकीकृत समाजवादीले देशभर पार्टी गठनको अभियान थालेको छ । कार्यक्रमा केन्द्रिय सदस्य उमा काफ्लेले संगठनमा सबै प्रतिबद्ध भएर लाग्न आग्रह गर्दै ओलीदम्भका कारण समाजवादी पार्टी गठन भएको बताइन् । उनले भनिन् “हामी जनताको मनोभावनालाई बुझेर अगाडि बढ्छौं, कुनै व्यक्तिले आफ्नो स्वार्थकालागि कुनै कार्य गर्न खोज्छ भने सदैव विरोध गर्ने र प्रतिगामीलाई प्रास्त गर्न लागी रहेने छौं ।”
समाजवादी पार्टीले नेपाली जनताको भलो हुने काम गरेर अगाडि आग्रह गर्दै व्यक्तिवाद तर्फ नलागेर सामुहिक निर्णय लिएर अगाडि बढ्ने लुम्बिनी प्रदेश कमिटी सदस्य ऋषिराम शर्माले बताए । देशमा प्रगामी, प्रतिशोध राखेर ओलीले काम गरेका कारण दुई तिहाइको सरकार ढलेको बताउँदै अहिले एमालेको भइरहेको निर्वाचनपछि धेरै जनताले समाजवादी पार्टी रोज्ने ठोकुवा गरे ।
पार्टीलाई सशक्त रुपमा अगाडि बढाउन संगठन विस्तार गर्दै जाने सिद्धार्थनगर इन्चार्ज तारापति भण्डारीले बताएका छन् । पार्टीलाई सबल र सक्षम बनाउन सबै संगठनले आ आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न आग्रह समेत गरे ।
पार्टीको देशव्यापि रुपमा संगठन विस्तार गर्दै अगाडि बढ्ने निर्देशन रहेकोले सिद्धार्थनगरमा योग्यता र क्षमता अनुसारको नेतृत्व दिँदै अगाडि बढ्ने नगर अध्यक्ष राम बहादुर बस्नेतले बताए । नगर भेलाले मंसिर मसान्त भित्र सबै वडामा कमिटी बिस्तार गर्ने गरी काम अगाडि बढाउने बताउँदै १३ ओटै वडामा संयोजक चयन गरेको बस्नेतले बताए ।
प्रकाशित मिति : शनिबार, मंसिर ११ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्